काठमाडौँ, ९, कात्तिक
एनआईसी एसिया बैंकले झण्डै चार महिना देखि नै अन्तर्देशीय कारोबारमा समस्या आएको भए पनि उक्त घटना गोप्य राखेको खुलेको छ । अन्तर्राष्ट्रिय ह्याकरले बैंकको स्विफ्ट एकाउन्टको पासवर्ड ह्याक गरी रकम स्थानान्तरण गरेको भए पनि चार महिना देखि बैंक स्वयंले उक्त घटना गोप्य राखेको हो ।
बैंकको स्विफ्ट एकाउन्टको शंकास्पद गतिविधि देखिपछि स्विफ्टले एनआईसी र नेपाल राष्ट्र बैंक समेतलाई जानकारी दिएपछि एनआईसी एसिया रकम ह्या्क भएको घटना सार्वजनिक गर्न बाध्य भएको हो । यद्यपि यो घटना एनआईसी एसिया स्वयंले सार्वजनिक गरेको भने होइन । रकम ह्याकको घटना एक कान दुई कान मैदान हुँदै सर्वत्र फैलिएपछि एनआईसी यस बारेमा बोल्न बाध्य भएको छ । एनआईसीले विभिन्न माध्यम मार्फत अहिले स्विफ्टको सर्भर डाउन गरी अन्तरदेशीय कारोबार पूर्णरुपमा बन्द गरिएको बताउँदै आएको छ । बैंकको खाली अन्तरदेशीय कारोबारमा मात्र समस्या देखिएकाले आन्तरिक कारोबारमा कुनै पनि समस्या नरहेको बताउँदै आएको छ ।
आर्थिक दैनिकबाट































प्रतिक्रिया