गोरखा , ९, कात्तिक

पूर्वप्रधानमन्त्री तथा नयाँशक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईलाई सहयोग गर्न गोरखा २ बाट दुई प्रतिस्पर्धीले उम्मेद्वारी फिर्ता लिएका छन्। "/>

बाबुरामलाई संघीय समाजवादी फोरम नेपाल र राप्रपा प्रजातान्त्रिकको पनि साथ रहने

बाबुरामलाई संघीय समाजवादी फोरम नेपाल र राप्रपा प्रजातान्त्रिकको पनि साथ रहने

केन्द्रबिन्दु
0
Shares

गोरखा , ९, कात्तिक

पूर्वप्रधानमन्त्री तथा नयाँशक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईलाई सहयोग गर्न गोरखा २ बाट दुई प्रतिस्पर्धीले उम्मेद्वारी फिर्ता लिएका छन्। संघीय समाजवादी फोरम नेपाल र राप्रपा प्रजातान्त्रिकका उम्मेदवारले बुधबार उम्मेदवारी फिर्ता लिएका हुन् । संघीय समाजवादी फोरम नेपालका सुकदेव तामाङले प्रतिनिधिसभा सदस्यको उम्मेदवारबाट नाम फिर्ता लिएका हुन् । उनले भट्टराईलाई समर्थन गरेका छन् । उनले बुधबार दिउँसो गोरखा २ को निर्वाचन कार्यालयमा पुगेर उम्मेद्वारी फिर्ता लिएका हुन् । त्यस्तै क्षेत्र नम्बर २ अन्तर्गतको प्रदेशसभा क बाट उम्मेदवारी दिएका राप्रपा प्रजातान्त्रिकका रुद्रराज पाण्डेले पनि नयाँ शक्ति पार्टी नेपालका उम्मेदवार हरिशरण आचार्यलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
अन्नपूर्णपोष्टबाट

Logo