काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र युरोपेली आयोग (इयु) बीचको सम्बन्ध अझ प्रगाढ बनाउँदै सहकार्यका नयाँ क्षेत्रमा कार्य हुने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले नेपालका लागि युरोपेली आयोगका नवनियुक्त डेलिगेसनका प्रमुख (राजदूत) नोना डिप्रेजले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा गरेको शिष्टाचार भेटका क्रममा नयाँ राजदूतलाई स्वागत गर्दै उनको कार्यकालमा आपसी सम्बन्ध अझ प्रगाढ होस् भन्ने कामना गरेका हुन् ।
भेटमा सहभागी प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले नेपाल र इयुबीच धेरै विषयमा समनता रहेको जनाउँदै इयुले कोभिड १९ को रोकथाम र उपचार लगायत विविध विषयमा गर्दै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरे । जवाफमा राजदूत नोनाले नेपालमा जलवायु परिवर्तन लगायत क्षेत्रमा आफूहरुले थप सहकार्य गर्न चाहेको र विगतदेखि हुँदै आएको सहयोगको निरन्तरता हुने बताएका थिए ।रासस





























प्रतिक्रिया