काठमाडौें, ८, कात्तिक
देशका दुई ठूला औद्योगिक क्षेत्रवरपरका बालबालिकाको रगतमा लिड (सिसा) को मात्रा अत्यधिक पाइएको छ । "/>

औद्योगिक क्षेत्रवरिपरिका ८४ प्रतिशत बालबालिकाको रगतमा सिसाको मात्रा धेरै

औद्योगिक क्षेत्रवरिपरिका ८४ प्रतिशत बालबालिकाको रगतमा सिसाको मात्रा धेरै

केन्द्रबिन्दु
0
Shares

काठमाडौें, ८, कात्तिक
देशका दुई ठूला औद्योगिक क्षेत्रवरपरका बालबालिकाको रगतमा लिड (सिसा) को मात्रा अत्यधिक पाइएको छ । सन् २०१६ को अन्त्यतिर गरिएको परीक्षणमा वीरगन्ज र काठमाडौंका ८४ प्रतिशत बालबालिकाको रगतमा सिसाको मात्रा धेरै पाइएको हो । राजधानी काठमाडौंका ५० बालबालिकामा गरिएको परीक्षणमा अधिकांशमा लिड (सिसा)को मात्रा पाइएको डा. केयर गौतमले जानकारी दिए । ‘काठमाडौं भन्दा वीरगन्जका बालबालिकाको रगतमा लिडको मात्रा धेरै पाइयो,’ उनले भने, ‘शरीरमा ५ माइक्रोग्राम डेसिलेटर भन्दा बढी लिडको मात्रा भएमा अस्वाभाविक मान्नुपर्छ ।’ वीरगन्जको औद्योगिक क्षेत्र वरपरका बालबालिकाको रगतमा २०.३३ माइक्रोग्राम भन्दा धेरै सिसाको मात्रा पाइएको छ । जबकि १२ माइक्रोग्राम भन्दा माथि भएमा विश्व स्वास्थ्य संगठनले उच्च जोखिम भनेको छ ।

नयाँपत्रिकाबाट

Logo