दौडिने क्रममा म्यादी प्रहरीमा भर्ना हुन आएकाको मृत्यु

दौडिने क्रममा म्यादी प्रहरीमा भर्ना हुन आएकाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

मकवानपुर,७, कार्तिक
म्यादी प्रहरीमा भर्ना हुन आएका मकवानपुर बकैया–४ का करिब २४ वर्षीय प्रेमप्रसाद घिमिरेको दौडिने क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा–४, हुप्रचौरमा म्यादी प्रहरी भर्ना छनोट गरिरहेको छ । सोही क्रममा दौडमा सहभागी घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार झाले जानकारी दिए । सोमबार दिउँसो करिब ३ बजे दौडमा सहभागी घिमिरे केही समय दौडिएपछि ढलेका थिए ।

नयाँपत्रिकाबाट

Logo