गोरखा,७, कार्तिक
गोरखा प्रतिनिधिसभा क्षेत्र नम्वर २ मा उम्मेदवारी दर्ता गरेको भोलिपल्ट सोमबार मुख्य प्रतिस्पर्धि नयाँ शक्ति पार्टीका संयोजक बावुराम भट्टरार्इ र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ एकै मञ्चमा देखा परे । "/>

बाबुराम र नारायणकाजीको जुहारी शुरु

बाबुराम र नारायणकाजीको जुहारी शुरु

केन्द्रबिन्दु
0
Shares

गोरखा,७, कार्तिक
गोरखा प्रतिनिधिसभा क्षेत्र नम्वर २ मा उम्मेदवारी दर्ता गरेको भोलिपल्ट सोमबार मुख्य प्रतिस्पर्धि नयाँ शक्ति पार्टीका संयोजक बावुराम भट्टरार्इ र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ एकै मञ्चमा देखा परे । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको निर्वाचन आचार संहिता पालनावारे छलफल कार्यक्रममा भट्टराई कांग्रेसका उम्मेदवार सहित थिए भने नारायणकाजी एमाले उम्मेदवार र नेता कार्यकर्ता भएतिर आमने सामने भएर बसेका थिए । दुई नेताको एकै क्षेत्रमा मनोनयन दर्ता गराएसँगै जिल्लाको चुनावी चहलपहल बढेको छ ।  दुवै नेताले सोमबार नै छुट्टाछुट्टै पत्रकार सम्मेलन गरेर एक अर्का प्रति घोचपेच गर्न समेत भ्याए । नयाँ शक्ति पार्टीका संयोजक डा. बावुराम भट्टराईले वामपन्थी गठवन्धनले आफ्नो पार्टीलाई निषेध गर्न खोजेको आरोप लगाए ।भट्टराइले भने ‘तालमेलले घात प्रतिघात हुँदैछ, हेर्दै जानु चुनाव पछि पार्टी एकता भन्दा पनि दुवै दल आ–आफ्नो बाटो लाग्छन् ।’  बावुरामको प्रवृत्तिले वाम गठवन्धनमा टिक्न नसकेको माओवादी केन्द्रका नेता तथा प्रतिनिधि सभा गोरखा क्षेत्र नम्वर २ का उमेदवार नारायणकाजी श्रेष्ठले बताएका छन् । सोमबार पत्रकार सम्मेलनमा वोल्दै श्रेष्ठले सामथ्र्य भन्दा बढी शर्त राखेको पनि आरोप लगाए ।

नयाँपत्रिकाबाट

Logo