काठमाडौं,७, कार्तिक
सरकारले पुनर्निर्माण प्राधिकरणमा नयाँ सिइओ नियुक्त गरेको छ । यस अघिका सिइओ गोविन्द पोखरेल चुनाव लड्ने भएपछि नयाँ सिइओ नियुक्त गरिएको हो । यो समेत पुनर्निर्माण प्राधिकरणको प्रमुख चौथो नियुक्त हो । शाखा अधिकृतबाट निजामति सेवा प्रवेश गरेर कहिल्यै विबादमा नआई नेपाल सरकारको अर्थ सचिवबाट सेवा निवृत्त भएका युवराज भुसाल अन्नतः पुनर्निर्माण प्राधिकरणको प्रमुख बनेका छन्। प्रमुख कार्यकारी अधिकृत नियुक्त भइसकेपछि भुसालले पुनर्निर्माण प्राधिकरणमा भैरहेका कामलाई दुर्त गतिमा अगाडी बढाउने बताए।
भुकम्पपीडीतका घर र ऐतिहासिक सम्पदाको पुनर्निमार्णलाई एकैसाथ अगाडी बढाउने योजना रहेको उनले सुनाए । ‘राज्यले मेरो योग्यतालाई विश्वास गरेर जुन जिम्मेवारी सुम्पिएको छ, त्यसलाई छिटो र छोटो बाटो अपनाएर पूरा गर्नेछु, उनले भने ‘भुकम्पपिडीतको घर निर्माण सम्पन्न गरी उनीहरुको मुहारमा खुसी ल्याउनु र राज्यका धरोहर निर्माण गरेर देशका सम्पदा जोगाउनु मेरो प्रमुख प्रयत्न रहने छ।
अन्नपूर्णपोष्टबाट































प्रतिक्रिया