मोरङ, ६, कार्तिक

जिल्लाको मिक्लाजुङ गाउँपालिका–५ बस्ने भूपेन्द्र कार्कीको घरमा आइतबार साँझ आगलागी हुँदा ६७ लाख भन्दा बढीको क्षति भएको छ । "/>

घरमा आगलागी हुँदा ६७ लाखको क्षति

घरमा आगलागी हुँदा ६७ लाखको क्षति

केन्द्रबिन्दु
0
Shares

मोरङ, ६, कार्तिक

जिल्लाको मिक्लाजुङ गाउँपालिका–५ बस्ने भूपेन्द्र कार्कीको घरमा आइतबार साँझ आगलागी हुँदा ६७ लाख भन्दा बढीको क्षति भएको छ । साँझ ७ः०० बजेतिर कार्कीको दुईतले घरमा विद्युत् सर्ट भएरआगलागी भएको थियो । आगलागीबाट उनको घर, भान्सा घर, नगद दुई लाख, किराना पसल, होल्डर मिल, सुन, तथा घरभित्र भएको सम्पूर्ण सामान र अन्नपात समेत जल्दा ६७ लाख बढीको क्षति भएको पीडितले बताएका छन् । आगोलाई मोरङको सुन्दरहरैचा र झापाको दमकबाट आएका दमकल तथा स्थानीयवासीको सहयोगमा दुई घण्टापछि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताए ।
रासस

Skip This
Skip This
Logo