काठमाडौं, ६, कार्तिक
डिआईजी रमेश खरेल संयुक्त राष्ट्रसंघीय शान्ति मिसनबाट फर्किएका छन् । मासिक करिब १४ लाख कमाई हुने पी–४ तहको जागिरमा उनी राष्ट्रसंघ अन्र्तगत सुडानमा कार्यरत थिए । सुडान मिसनमा उनको ६ महिना अवधि बाँकी नै थियो । तर नयाँ आईजिपीका लागि दौडधुप सुरु भइसकेकाले उनले बीचमै मिसन छाडेका हुन् । खरेल भावी आईजिपीमा बलिया प्रतिस्पर्धी हुन् ।
अहिलेकै ऐन/नियम अनुसार आगामी चैतको अन्तिमबाट अहिलेका आईजिपी प्रकाश अर्याल सहित सबै एआईजीले अवकाश पाउनेछन् । त्यो अवस्थामा डिआईजीहरु सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की मध्ये एक आईजिपी हुने छन् । आफ्नो कार्यकाल २ वर्षको भएपनि मातृभुमीको सेवाका लागि नेपाल फर्किएको खरेलले फेसबुक स्टाटस मार्फत जनाएका छन् । खरेल नेपाल प्रहरीका ‘पहिलो हिरो’का रुपमा चर्चित छन् । एसएसपी सम्म पहिलो नम्बरमा बढुवा हुँदै आएका उनी डिआईजीमा दोस्रो नम्बरमा पारिएका थिए ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया