काठमाडौं, ६, कार्तिक
विदेशी ह्याकरहरुले नेपालका बाणिज्य बैकहरुलाई निसाना बनाउन थालेको समाचार बाहिर आइरहेको बेला मुलुककै प्रतिष्ठित बाणिज्य बैक एनआईसी एसियाको ३० करोड रुपियाँ ह्याकरले ह्याक गरेको रहस्य बाहिर आएको छ । "/>

एनआईसी एसिया बैंकको ३० करोड ह्याक !

एनआईसी एसिया बैंकको ३० करोड ह्याक !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ६, कार्तिक
विदेशी ह्याकरहरुले नेपालका बाणिज्य बैकहरुलाई निसाना बनाउन थालेको समाचार बाहिर आइरहेको बेला मुलुककै प्रतिष्ठित बाणिज्य बैक एनआईसी एसियाको ३० करोड रुपियाँ ह्याकरले ह्याक गरेको रहस्य बाहिर आएको छ । लक्ष्मी पुजाको दिन बेलुकी बैंक बन्द गर्दा मुलुकभरकै शाखाको अवस्था दुरुस्त भएको रिर्पोट सबै शाखा कार्यालयले बैंकका कार्यकारी अधिकृत लक्ष्मण रिसाललाई दिएको भएपनि आईतबार बिहान बैंकको सिष्टम हेर्दा ३० करोड रुपियाँ नदेखिएपछि बैंकमा खैलाबैला मच्चिएको थियो ।

बैंकले रकमको खोजीगर्ने कामलाई तीव्रता दिइरहेको बेला उक्त रकम अन्तराष्टिय ह्याकरहरुले ह्याक गरेको पत्ता लागेको थियो । बैंकबाट उक्त रकम ह्याक भएपछि बैंकका सूचना प्रबिधि बिज्ञहरुले ह्याक भएको केही रकम फर्काउन सफल भएपनि अन्य रकम भने ह्याकरहरुले ह्याक गरेर बिदेशमा रहेको बैंकमा टान्सफर गरेको आशंका गरिएको छ । ह्याकरहरले बैंकको अन्तरदेशीय बैंकिड कारोवारको स्विफ्ट सर्भरमा ह्याक गरेर रकम टान्सफर गरेको देखिएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले जानकारी दिए । उनका अनुसार बैंकबाट रकम ह्याक भएपछि अहिले स्विफ्ट सिष्टमलाई अहिले बन्द गरिएको छ । एनआईसी एसिया बैकले उक्त घटनालाई गोप्य रुपमा राखेर छानवीन गरिदिन राष्ट बैंकलाई आग्रह गरेका थिए । राष्टबैकले उक्त घटनाको अनुसन्धान गरिरहेको र त्यसबारेमा छिट्टै टुंगोमा पुग्ने बताएको छ ।

राष्ट बैकका सहायक प्रवक्ता राजेन्द्र पण्डितका अनुसार एनआईसी एसिया बैकको खाताबाट बिदेशबाटै रकमान्तर गरेको देखिन्छ । उनले यो बिषयमा अध्ययन गर्न अध्ययन टोली पठाइसकेको र एनआईसी एसिया बैकसँग कारोवार गर्ने बिदेशी बैकहरुलाई कारोवार नगर्न आग्रह गरेको जानकारी दिनुभयो । बैकबाट रकम ह्याक भएको खवर पाएको नेपाल प्रहरीको बिशेष ब्युरो, केन्द्रिय अनुसन्धान ब्युरो र महानगरीय अपराध महाशाखाको टोलीले छुट्टा छुट्टै रुपमा अनुसन्धान शुरु गरेको छ ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo