गोरखा, ६, कार्तिक

मंसिर १० गते हुने संघीय र प्रदेशसभा निर्वाचनका लागि आईतवार गोरखामा राजनीतिक दलका उम्मेद्ववारले तामझामले मनोनयन दर्ता गराएका छन् । "/>

गोरखा २ मा बाबुराम र नारायणकाजी वीच रोचक भिडन्त ,आफूले जित्ने दुवैको दाबी

गोरखा २ मा बाबुराम र नारायणकाजी वीच रोचक भिडन्त ,आफूले जित्ने दुवैको दाबी

केन्द्रबिन्दु
0
Shares

गोरखा, ६, कार्तिक

मंसिर १० गते हुने संघीय र प्रदेशसभा निर्वाचनका लागि आईतवार गोरखामा राजनीतिक दलका उम्मेद्ववारले तामझामले मनोनयन दर्ता गराएका छन् । माओवादी, एमाले र कांग्रेस नयाँ शक्तिबीचको गठबन्धनले उम्मेद्ववारी दर्ताको माहौल थप रमाईलो बनेको थियो । उम्मेद्ववारी दर्ता गर्दा चुनावी तालमेल गरेका दलका नेता कार्यकर्ता एकै साथ नाराजुलस गर्दै बाजागाजा सहित गएका थिए । गोरखा २ मा लामो समय माओवादी पार्टी भित्रै रहेका दुई ठूला नेता बिच प्रतिस्प्रर्धा हुने भएको छ । माओवादीका नेता नारायणकाजी श्रेष्ठ र माओवादीबाट बिभाजित भई नयाँ शक्ति पार्टी खोलेका संयोजक बाबुराम भट्टराई बीच प्रतिस्प्रर्धा हुँदैछ ।

मूख्य निर्वाचन अधिकृतको कार्यालयले आलोपालो गरी दर्ता गराउने निर्णय गरेकाले पहिले साना दल, बाम गठबन्धन र अन्तिममा लोकतान्त्री गठबन्धनका उम्मेद्ववारले मनोनय दर्ता गराएका थिए । पञ्चेबाजा, आफ्नो पार्टी, भातृ संगठनको झण्डा बोकेर दलका नेता कार्यकर्ता नाराबाजी गर्दै आफ्नो जित सुनिश्चित भएको नारा लागाउँदै हिँडेका थिए। नयाँ शक्ति र कांग्रेसका संयुक्त उम्मेदवार डा. बाबुराम भट्टराईले अबको निर्वाचनले आउँदा पाँच वर्ष सम्म राज्यको अवस्था र ब्यवस्थालाई कसरी अगाडी बढाउने भन्ने कायम गर्ने भएकाले यो समयलाई जनताले ख्याल गर्नुपर्ने बताए । विकास र समृद्धीको निम्ति लड्ने भिड्ने नभई एक भएर अगाडी जान कांग्रेससँग मिलेर चुनावी मैदानका उत्रने बताउँदै उनले भने ‘गोरखा २ मेरो गृह ठाउँ हो, विकास र समृद्धीको नेतृत्व गर्ने अवसर यहाँका जनताले दिनेछन ।’ वाम गठवन्धन बलियो भएका कारण निर्वाचन आफ्नै पक्षमा पर्ने नारायणकाजी श्रेष्ठको दावी छ। गोरखाबाट शीर्ष नेतामा पुगे पनि जिल्लाको लागि केही नगरेको आरोप श्रेष्ठलाई लाग्दै आएको छ।

नागरिकबाट

Skip This
Skip This
Logo