काठमाडौं ।
आईपीएल अन्तर्गत गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गरेको छ । यससँगै दिल्ली क्यापिटल्स १३ औं आईपीएलको क्वालिफायरमा प्रवेश गरेको छ ।
बैंगलोरले दिएको १५३ रनको लक्ष्य दिल्लीले १९ ओभरमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।
दिल्लीको जितमा अजिन्का रहाणे र शिखर धवनले अर्धशतकीय इनिङ्स खेले । रहाणे ६० रन बनाएर आउट हुँदा धवनले ५४ रन बनाएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १५२ रन बनाएको थियो ।
बैंगलोरका लागि देबदुत पडीकलले ५० रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४१ बलमा ४ चौका प्रहार गरे । दिल्लीका एनरिच नोर्टजेले ३ विकेट लिए । कागिसो राबडाले २ तथा रविचन्द्र आश्विनले १ विकेट लिए ।
जितसँगै दिल्लीले १४ खेलमा १६ अंक जोडेको छ । दिल्लीले अब पहिलो क्वालिफायरमा शीर्ष स्थानमा रहँदै प्ले अफ पुगेको मुम्बई इण्डियन्ससँग खेल्नु पर्ने भएको छ ।
पहिलो क्वालिफायरको विजेता फाइनलमा पुग्नेछ भने पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्नेछ ।
दिल्लीसँग पराजित बैंगलोर पनि प्ले अफमा पुगेको छ । चौथो स्थानको कोलकाता नाइट राईडर्स भन्दा रन रेटले अघि रहेपछि बेंगलोरले प्ले अफमा स्थान पक्का गरेको हो । उसले १४ खेलमा १४ अंक जोडेको छ ।
बैंगलोरले दोस्रो क्वालिफायरमा कोलकाता र सनराइजर्स हैदराबादमध्ये एक टिमसँग खेल्नेछ ।































प्रतिक्रिया