काठमाडौँ , ४, कार्तिक
प्रधानमन्त्री शेरबहादुर देउवाले उत्तम साइतमै भाईटीका लगाएका छन् । टीकाको उत्तम साइत ११ बजेर ५१ मिनेटमा प्रधानमन्त्री देउवाले आफ्नै निवासमा बहिनी दुर्गा चन्दको हातबाट टीका ग्रहण गरेका हुन् । देउवा तिहार मनाउन प्रधानमन्त्री निवास बालुवाटार छोडेर आफ्नै निवास बुढानिलकण्ठ पुगेका थिए। टीकाको अवसरमा प्रधानमन्त्री देउवाले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गरे । संविधान कार्यान्वयनसँगै मुलुकमा स्थायी शान्ति र आर्थिक विकासतर्फ केन्द्रित हुन समेत सबै राजनीतिक दलका नेतालाई उनले आह्वान गरेका छन् ।





























प्रतिक्रिया