काभ्रे ।
काभ्रेमा आज ९० जना कोरोना संक्रमित थपिएका छन् । जिल्लामा आज ७७ जना निको भएका छन् । आइतबार १३ जना थपिएका थिए भने ३७ जना निको भएका थिए । शनिबार ६४ जना थपिएका थिए । शुक्रबार पनि ४४ जनामा कोरोना संक्रमण देखिएको थियो भने ५ जना निको भएका थिए ।
अब जिल्लामा आजसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको जम्मा संख्या १ हजार ७७३ पुगेको छ । संक्रमित मध्ये १ हजार २२६ जना निको भएका छन् । जिल्लामा ३३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये १२ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र २१ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।
नयाँ थपिएका मध्ये बनेपाबाट ३४, धुलिखेलका ३७, पनौतीका ८, नमोबुद्धका २, मण्डनदेउपुरका ५ र पाँचखालका ४ जना छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९८४ पुगेको छ । आज मात्र २४ जनाको मृत्यु भएको छ ।
कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख ३७ हजार ९९२ पुगेको छ । आज निको हुनेको संख्या ३ हजार १५० छ ।
नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ । आज २ हजार ९३३ जना नयाँ संक्रमित थपिएका छन् ।
आजको पिसिआर परीक्षण १३ हजार ४४६ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १४ लाख ६९ हजार ८१२ रहेको छ । आज ३७ हजार ५२४ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।
काठमाडौं उपत्यका आज १ हजार ६३० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार नयाँ संक्रमितमा ७ सय २ जना महिला छन् भने ९ सय २८ जना पुरूष छन् । आज काठमाडौंमा १ हजार ३२९, भक्तपुरमा १०८ र ललितपुरमा १९३ थपिए ।
यससँगै काठमाडौंमा ६४ हजार ५४६ जना कोरोना संक्रमित छन् । त्यसमध्ये ४८ हजार १८५ जना निको भइसकेका छन् । १६ हजार ११८ जना संक्रिय संक्रमित छन् । भक्तपुरमा ५ हजार ८७७ जना कोरोना संक्रमित छन् । ललितपुरमा ९ हजार ७५ जना कोरोना संक्रमित छन्। अब उपत्यकामा कूल संक्रमितको संख्या ७९ हजार ४९६ पुगेको छ ।





























प्रतिक्रिया