काठमाडौँ, ३१, असोज
फेसबुक मार्फत बेलायतीका नाममा प्रोफाइल तयार गरी नेपालका विभिन्न व्यक्तिलाई ठगी गर्ने तीन जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । "/>

फेसबुक मार्फत ठगी गर्ने तीन जना पक्राउ

फेसबुक मार्फत ठगी गर्ने तीन जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ३१, असोज
फेसबुक मार्फत बेलायतीका नाममा प्रोफाइल तयार गरी नेपालका विभिन्न व्यक्तिलाई ठगी गर्ने तीन जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । बेलायतीको पेसबुक बनाई बहुमूल्य सामान, बेलायती पाउन्ड तथा अमेरिकी डलर समेत पठाइदिन्छु भन्ने र सो सामान भारतको राजश्व कार्यालयमा रोकिएको र उक्त सामान प्राप्त गर्न भारत सरकारको नियमानुसार विभिन्न कर तिर्नुपर्ने भनी आइएमई मार्फत रकम पठाउन लगाई विभिन्न व्यक्तिबाट एक करोड भन्दा बढी ठगी गर्ने मोरङ उर्लाबारी घर भई हाल बूढानीलकण्ठ नगरपालिका–१० बालुवाखानी बस्ने पवन न्यौपाने र भोजपुर हतुवाघडी गाउँपालिका–७ का सन्तोष बस्नेत तथा मोरङ, सुन्दर हरैंचा–६ का प्रदीप सुब्बालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले भरत कार्की, सीमा गुरुङ, सुनिमाया गुरुङ, हिमा माझी, सन्तोष बस्नेत र टंकमाया कार्कीका नाममा कोही कसैलाई फोन वा फेसबुक मार्फत ठगी गरेको प्रहरीले जनाएको छ ।
रासस

Logo