काठमाडौँ, ३१, असोज

गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी भएका छन् । "/>

गैरआवासीय नेपाली संघमा भवन भट्ट विजयी

गैरआवासीय नेपाली संघमा भवन भट्ट विजयी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ३१, असोज

गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी भएका छन् । सोमबार सम्पन्न एनआरएनको निर्वाचनबाट अध्यक्षका प्रत्यासी जमुना गुरुङलाई भारी मत अन्तरले हराउँदै भट्ट विजयी भएका हुन् । अध्यक्षमा विजयी भट्टले एक हजार १ सय ९७ मत प्राप्त गरेका थिए भने गुरुङले ५ सय ८४ मत प्राप्त गरेकी थिइन् । उक्त निर्वाचनमा कुल १ हजार ७ सय ८८ एनआरएन सहभागी थिए ।

त्यस्तै खुला दुई उपाध्यक्ष पदमा कुमारप्रसाद पन्त र कुल आचार्य तथा महिला उपाध्यक्षमा सपिला राजभण्डारी, महासचिवमा डा बद्री केसी, सचिवद्वयमा डबरबहादुर (डिबी) क्षेत्री र जानकी गुरुङ, कोषध्यक्षमा हिक्मतबहादुर थापा र सह–कोषाध्यक्षमा सोमनाथ सापकोटा विजयी भएका छन् । अध्यक्ष भट्टले विजयी भएपछि प्रतिक्रिया दिँदै आफ्नो कार्यकालमा एनआरएनको नयाँ अध्यायको शुरु हुने तथा स्थापनाकाल देखि पूरा नभएका ऐजेण्डा पूरा गर्ने बताए । अब सबैलाई साथ लिएर अघि बढ्ने छु । चौध वर्षअघि स्थापना भएको एनआरएनएले हाल ७७ मुलुकमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ। एनआरएनएको महाधिवेशन हरेक दुई वर्षमा नेपालमै हुने गरेको छ।

रासस

Logo