काठमाडौं,३०,असोज
सरकारमै सहभागी दलहरु काँग्रेस र माओवादी केन्द्रको सम्बन्ध पछिल्ला केहि हप्ता यता नराम्ररी विग्रिएको छ । "/>

माओवादी मन्त्रीहरु अन्योलमा

माओवादी मन्त्रीहरु अन्योलमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,३०,असोज
सरकारमै सहभागी दलहरु काँग्रेस र माओवादी केन्द्रको सम्बन्ध पछिल्ला केहि हप्ता यता नराम्ररी विग्रिएको छ । वाम गठबन्धनपछि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको सम्बन्ध विग्रिएको हो । यसै कारण देउवाले आफ्नो मन्त्रीमण्डलमा राप्रपालाई समावेश गरि माओवादीका मन्त्रीहरुलाई हटाउने कसरत गरे । तर कानुनी व्यवधानका कारण हटाउन नमिलेको र माओवादीले पनि सरकार छोड्न नमानेका कारण प्रधानमन्त्री देउवा माओवादी अध्यक्ष प्रचण्डको निर्णयको प्रतिक्षामा रहेका छन् । प्रधानमन्त्री देउवाले माओवादीका मन्त्री हटाउने गरी सातौं पटक मन्त्रिपरिषद विस्तार गरे पनि माओवादीले सरकारमा सहभागी भएका आफ्ना मन्त्री फिर्ता नबोलाउने निर्णय गरेको छ । अब उनीहरुका मन्त्रीहरु विनाविभागिय रहने सम्भावना वढेको देखिएको छ ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo