काठमाडौं,३०,असोज
हिजो हुने भनिएको नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीचको एकता आजका लागि सरेको छ। एकताका विषयमा पार्टीका केही नेताको फरक धारणा आएपछि आइतबार हुने भनिएको एकता सोमबारका लागि सरेको हो । "/>

कांग्रेस र लोकतान्त्रिक फोरमबीच हिजो एकता हुन सकेन

कांग्रेस र लोकतान्त्रिक फोरमबीच हिजो एकता हुन सकेन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,३०,असोज
हिजो हुने भनिएको नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीचको एकता आजका लागि सरेको छ। एकताका विषयमा पार्टीका केही नेताको फरक धारणा आएपछि आइतबार हुने भनिएको एकता सोमबारका लागि सरेको हो । आज हुने भनिएको एकता असम्भव भएपनि लोकतान्त्रिक फोरम अध्यक्ष विजयकुमार गच्छदार सोमबार कांग्रेस प्रवेश गर्नेछन्। लोकतान्त्रिक फोरमका उपाध्यक्ष हरि न्यौपानेले पार्टी एकीकरण कार्य सोमबार हुने जानकारी दिए। प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले नेपाल लोकतान्त्रिक फोरमसंग आइतबार हुने भनिएको पार्टी एकता प्राविधिक कारणले सोमबार बिहान ११ बजेका लागि सरेको बताए। परियारले आइतबार एकता हुन नसक्नुको दोष प्राविधिक कारण बताए पनि कस्तो प्राविधिक कारण हो भन्ने खुलाएनन् ।
अन्नपूर्णपोष्टबाट

Logo