काठमाडौँ, २९, असोज
कमजोर विद्यार्थीले लाखौँ खर्च गरी गोप्य डिभाइस मार्फत चिट चोरेर एमबिबिएसको प्रवेश परीक्षामा नाम निकाल्ने गरेको खुलेको छ । "/>

एमबिबिएस प्रवेश परीक्षामा चिट चोराउन पाँच लाख !?

एमबिबिएस प्रवेश परीक्षामा चिट चोराउन पाँच लाख !?

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २९, असोज
कमजोर विद्यार्थीले लाखौँ खर्च गरी गोप्य डिभाइस मार्फत चिट चोरेर एमबिबिएसको प्रवेश परीक्षामा नाम निकाल्ने गरेको खुलेको छ । प्रहरीले शनिबार यस्तो ठूलो गिरोहलाई पक्राउ गरेको छ । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को प्रवेश परीक्षामा सयौँ विद्यार्थीलाई म्यागनेटिभ साउन्ड डिभाइस मार्फत चोरी गराउने समीर झासहित १४ जनालाई प्रहरीले पक्राउ गरेको हो । राजधानीका विभिन्न परीक्षा केन्द्रमा प्रहरीले छापा हानी विद्यार्थी, मध्यस्थकर्ता र गिरोहका नाइकेलाई पक्राउ गरेको हो । ६ जना विद्यार्थीलाई गोप्य डिभाइस सहित पक्राउ गरिएको अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले बताए । पाँचजना मध्यस्थकर्ता र तीनजना गिरोहका नाइके पनि पक्राउ परेका छन् ।
नयाँपत्रिकाबाट

Skip This
Skip This
Logo