काठमाडौँ, २८, असोज
नेपाल विद्युत् प्राधिकरणले सुरु गरेको अनलाइन विद्युत् महसुल भुक्तानी सेवा देशका अन्य प्रमुख स्थानमा पनि विस्तार गर्ने तयारी भइरहेको छ । परीक्षणका रूपमा काठमाडौँ उपत्यकाबाट सुरु गरिएको यो सेवा विद्युत् उपभोक्ताले सहज महसुस गरेपछि उपत्यका सहित पोखरा र चितवनमा विस्तार गरिएको थियो । उपत्यका बाहिरका स्थानबाट पनि उपभोक्ताको सेवा लिने सङ्ख्या उत्साहजनक भएपछि यो सेवालाई पश्चिम नेपालका प्रमुख सहरमा विस्तार गरिन थालिएको हो । दोस्रो चरणमा पूर्वी नेपालका प्रमुख सहरमा यो सेवा विस्तार गर्दै लैजाने योजना प्राधिकरणले बनाएको छ ।
गोरखापत्रबाट































प्रतिक्रिया