काठमाडौँ, २८, असोज
गत वर्षको तिहारमा भन्दा यस वर्ष फूलको मूल्यमा १० प्रतिशत सम्म वृद्धि हुने भएको छ । माग बढेका कारण फूलको मूल्यमा वृद्धि हुने भएको हो । गत वर्ष तिहारमा ११ लाख मालाको माग भएकामा यस वर्ष १५ लाख सयपत्री मालाको माग रहेको छ । यस वर्ष उपभोक्ताले एउटा मालाको मूल्य ६० देखि ७० सम्म तिर्नु पर्ने देखिन्छ । गत वर्ष ५० देखि ६० सम्ममा माला किनमेल भएको फ्लोरी कल्चर एशोसिएसनले जनाएको छ । प्रत्येक वर्ष १० देखि १५ प्रतिशत फूल उत्पादनमा वृद्धि हुने गरेको थियो । तर यस वर्ष फूलको उत्पादनमा कमी आएकाले तिहारका लागि तीन लाख माला आयात गरिने फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए । “तीन दिन भित्रमा भारतबाट सबै माला आइसक्छ,” उनले भने । गत वर्ष दुई लाख माला आयात गरिएको थियो भने यस वर्ष माग बढेकाले ९० लाखको सयपत्री फूलको तीन लाख माला भारतबाट आयात गर्ने तयारी भएको छ । यो गत वर्षको तुलनामा ३० लाखले बढी हो । गत वर्ष ६० लाख मूल्य बराबरको सयपत्री माला आयात गरिएको थियो ।
रासस





























प्रतिक्रिया