तुलसीपुर , २८, असोज

पश्चिम दाङमा जुवा खालबाट वडाध्यक्ष सहित नौ जना पक्राउ परेका छन् । "/>

जुवाको खालमा भेटिए वडाध्यक्ष , तत्कालै पक्राउ

जुवाको खालमा भेटिए वडाध्यक्ष , तत्कालै पक्राउ

केन्द्रबिन्दु
0
Shares

तुलसीपुर , २८, असोज

पश्चिम दाङमा जुवा खालबाट वडाध्यक्ष सहित नौ जना पक्राउ परेका छन् । जुवा खेलेको अभियोगमा पक्राउ पर्नेहरूमा दाङको शान्तिनगर गाउँपालिका–२ का वडा अध्यक्ष फर्साराम डाँगी, वडा सदस्य रत्नबहादुर विष्ट, गोविन्द बस्नेत, मीनबहादुर खड्का, वीरबहादुर विष्ट, राम चौधरी, रत्न बहादुर विष्ट, कर्ण बहादुर परियार र डिल्ली बहादुर वली रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट १६ वटा कौडा र ४१ हजार २ सय ७० रुपैयाँ बरामद गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक राजेन्द्र प्रसाद अर्यालले जानकारी दिए । पक्राउ परेकाहरूलाई जुवा ऐन अनुसार कारबाही गरिने प्रहरीले जनाएको छ । शान्तिनगर गाउँपालिका अध्यक्ष कमानसिङ डाँगीको घरमा जुवा खेलीरहेको भन्ने गोप्य सूचनाका आधारमा तुलसीपुरबाट गएको प्रहरी टोलीले उनीहरूलाई रंगेहात पक्राउ गरेको हो । 
राजधानीबाट

Skip This
Skip This
Logo