उम्मेदवारको सुरक्षालाई प्राथमिकता दिन निर्वाचन आयोगको आग्रह

उम्मेदवारको सुरक्षालाई प्राथमिकता दिन निर्वाचन आयोगको आग्रह

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २६ असोेज ।

अहिले देशभरिका निर्माण ब्यवसयीहरुलाई धम्कीपूर्ण फोन आइरहेकाले सुुरक्षा स्थिति मजबुत बनाउन अनुुरोध गर्दै उम्मेदवारहरुको सुरक्षालाई पनि बिशेष ध्यान दिन निर्वाचन आयोगले सुरक्षा निकायका प्रमुखलाई आग्रह गरेको छ ।

निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते २ चरणमा गरी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारहरुको सुरक्षालाई उच्च प्राथमिकता दिन सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्दै बिहीबार आग्रह गरेको हो ।

बिहीबार चार वटै सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले उम्मेदवारहरुको सुरक्षा व्यवस्था प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको सबैभन्दा महत्वपूर्ण पक्ष रहेको बताए ।

राजनीतिक दलहरुले कार्तिक २९ गते आइतबार प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको समानुपातिक तर्फको बन्द सूची निर्वाचन आयोगमा पेस गर्नुपर्ने छ ।

 

Logo