केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २३ असोज ।
नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार उपसभापतिको जिम्मेवारी पाए नेपाली कांग्रेसमा फर्किने भएका छन् ।
भर्खरै प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका गच्छदार स्थानीय तहको निर्वाचनमा हार बेहोरेपछि गठबन्धनमा सरिक हुने वा कांग्रेस फर्किने मनस्थितिमा रहेको उनी निकट स्रोत वताउँछ । आजको भेटमा उनले ‘आफू र पार्टी नेताहरुलाई सम्मानजनक स्थान दिए कांग्रेस फर्किने’ प्रस्ताव राख्ने छन् – स्रोतले भन्यो ।
गच्छदारले २०६६ साउनमा नेपाल लोकतान्त्रिक फोरम नामको पार्टी स्थापना गरेका थिए । उनले २०४८ सालदेखि यताका प्रतिनिधिसभा र संविधान सभाका सम्पूर्ण चुनाव जित्दै आएका छन् । कम्यूनिष्ट पार्टीहरुको चुनावी मोर्चा निर्माणको क्रम चलिरँदा प्रजातन्त्रबादीहरु पनि मोर्चाको गृहकार्यमा देखिन्छन् ।































प्रतिक्रिया