पोखरा,२२, असोज

अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धन र विकासका लागि असोज २५ गते हुने अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । "/>

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा

केन्द्रबिन्दु
0
Shares

पोखरा,२२, असोज

अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धन र विकासका लागि असोज २५ गते हुने अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । तीन चरणको महोत्सव कार्यक्रम अन्तर्गत पहिलो चरणमा असोज २५ गते अन्नपूर्ण आधार शिविरमा पहिलो अन्नपूर्ण हिमालका आरोही फ्रान्सेली नागरिक मोरिस हर्जोगको शालिक शिलान्यासका साथै अन्य विविध कार्यक्रम गरिने महोत्सव मूल समारोह समितिका संयोजक ललित गुरुङले जानकारी दिए ।

महोत्सवमा आउने आगन्तुकलाई लक्ष्य गरी अन्नपूर्ण पदमार्ग क्षेत्रमा परम्परागत होटल तथा व्यवसायको इतिहास झल्कने खालका अस्थायी आवास निर्माण गरिएको स्थानीय व्यवस्थापन उप समितिका संयोजक जगनरास गुरुङले जानकारी दिए । महोत्सवको उद्घाटन समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुमित्रा थरुनी, सांसदहरू, मन्त्रालयका उच्च पदस्थ अधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उल्लेख्य उपस्थिति रहने महोत्सव मूल समारोह समितिका महासचिव दिलीप गुरुङले बताएका छन् । महोत्सव प्रचारप्रसार उपसमितिका संयोजक टंकराज अधिकारीका अनुसार महोत्सवमा सहभागी हुन आइतबार देखि तीन दिनको पदयात्रा सहित अन्नपूर्ण आधार शिविरमा पुग्ने र सो टोली २८ गते पोखरा फर्कने कार्यक्रम छ । रासस

Logo