सुस्तमनिस्थिति महिलालाई करणी गर्न खोजेपछि…

सुस्तमनिस्थिति महिलालाई करणी गर्न खोजेपछि…

केन्द्रबिन्दु
0
Shares

भीमदत्तनगर, २० असोज । सुस्तमनिस्थिति भएकी एक महिलालाई जबरर्जस्ती करणी गर्न खाज्ने ई–रिक्सा चालकलाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको छ । 

कञ्चनपुरको भीमदत्तनगरपालिका– १८ जानकी टोलमा एक ३८ वर्षीया महिलालाई जबरर्जस्ती करणी गर्न खोज्ने बैतडी घर भई हाल बसपार्कमा डेरा गरी बस्ने २७ वर्षीय गजेन्द्र विष्टलाई जिल्ला प्रहरी कार्यालयले बिहीबार पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले अभियुक्त विष्टलाई नियन्त्रणमा लिई आज जबरर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिएको बताउनुभयो । रासस

Skip This
Skip This
Logo