काठमाडौं,२०, असोज
विगतका वर्षको तुलनामा यस वर्ष हवाई मार्ग हुँदै नेपाल भित्रिने पर्यटकको संख्या वृद्धि भएको छ । सन् २०१७ को ८ महिनाको अवधिमा विभिन्न मुलुकबाट हवाई मार्गद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिने पर्यटकको संख्या कुल ५ लाख ६६ हजार २ सय २१ जना पुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अद्यागमन विभागका अनुसार सन् २०१७ को ८ महिनामा गत वर्षको सोही अवधिको तुलनामा कुल १ लाख ४२ हजार १ सय ६३ जना बढी पर्यटक नेपाल भित्रिएका हुन् । सन् २०१६ को सोही अवधिमा जम्मा ४ लाख २४ हजार ५८ जना पर्यटक मात्र हवाई मार्गबाट नेपाल आएका थिए ।
राजधानीबाट





























प्रतिक्रिया