राजविराज, १९ असोज
सप्तरीको राजविराज नगरपालिका–१३ बाट हतियार सहित एक जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । "/>

राजविराजबाट हतियार सहित यादव पक्राउ

राजविराजबाट हतियार सहित यादव पक्राउ

केन्द्रबिन्दु
0
Shares

राजविराज, १९ असोज
सप्तरीको राजविराज नगरपालिका–१३ बाट हतियार सहित एक जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५४ वर्षीय लक्ष्मण यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । पक्राउ परेका यादवको साथबाट एक थान कटुवा पेस्तोल, त्यसमा प्रयोग हुने एक राउण्ड गोली समेत बरामद गरिएको प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताए । यादवले अवैधरुपमा हतियार घरमा लुकाई राख्ने र हतियार देखाएर स्थानीयलाई धम्काउने गरेको जानकारी अनुसार जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीको टोलीले उनलाई हतियार सहित पक्राउ गरेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए । प्रहरीले चेकजाँच गर्ने क्रममा यादव सुत्ने कोठाको खाटमुनि प्लाष्टिकमा लुकाएको अवस्थामा कटुवा पेस्तोल र गोली बरामद गरेको थियो । यस विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
रासस

Logo