शक्तिपीठहरूमा दर्शनार्थीको भीड

शक्तिपीठहरूमा दर्शनार्थीको भीड

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १० असोज ।

नवरात्रको समयमा अहिले देशभरका देवी भगवती शक्तिपीठहरूमा श्रदालु एवम् भक्तजनहरूको भुँइचो लागिरहेको छ ।

राजधानी उपत्यकामा रहेका सबै भगवती मन्दिरहरूमा भक्तजनहरूको ठुलो उपस्थिति छ । दर्शनार्थीहरू बिहान सबेरैदेखि मन्दिरहरूमा देवीको दर्शन गर्न प्ुग्ेक्ँ ह्ुनछन्् ।

राजधानीबाहिरका सबै जिल्लामा शक्तिपीठहरूको अवस्था यस्तै छ ।

प्रदेश २ मा तेस्रो चरणको निर्वाचन सकिएपछि बडादशैँका अवसरमा सबै जिल्लाहरूमा शक्तिपीठसहित धार्मिकस्थलमा श्रद्धालु भक्तजनको चहलपहल बढेको छ ।

राससको समाचारअनुसार, सप्तरी जिल्लामा रहेका पूर्वाञ्चलकै प्रसिद्ध छिन्नमस्ता शक्तिपीठ र भारदहमा रहेको कंकालनी भगवती मन्दिरमा भक्तजनको निकै भीड लागेको छ । उक्त मन्दिरमा घटस्थापनादेखि नै ठूलो संख्यामा श्रद्धालु भक्तजन पूजापाठका लागि आउने गरेको छिन्नमस्ता मन्दिरका पीठाधीश एवं मूल पुजारी महाकान्त ठाकुरले बताए ।

शुरुमा असोज २ गते स्थानीय तह निकायको निर्वाचन परेको हुनाले भक्तजनको संख्यामा कमी आए पनि निर्वाचन सकिएपछि अहिले दिनहुँ हजारौँको संख्यामा भगवतीको दर्शन एवं पूजापाठका लागि भक्तजन आउने गरेका छन् ।

त्यस्तै सदरमुकाम राजविराजमा रहेको राजदेवी र कंकालनी भगवती मन्दिरमा पनि दर्शनार्थीको बिहानैदेखि घुइँचो लाग्ने गरेको हनुमानगर कंकालनी नगरपालिका–२ का प्रवेश यादवले बताए ।

भारतबाट समेत लाखौँको संख्यामा दैनिक छिन्नमस्ता र कंकालनी मन्दिरमा दर्शनार्थी आउने गरेको बताइएको छ । विजयादशमीको अवसरमा छिन्नमस्ता भगवती र कंकालनी मन्दिरमा बोकाको बलिसमेत दिइने गरेको छ । भारतको विहार र नेपालको राजधानी काठमाडौँसहित विभिन्न ठाउँबाट समेत दर्शनका लागि भक्तजन यहाँको शक्तिपीठमा आउने गरेकाले मन्दिरमा घुइँचो लागेको पाइएको छ ।

घटस्थापनाका दिन मन्दिरमा गहुँ र जौको जमरा राखी विजयादशमीको दिन माता भगवतीलाई अर्पण गरी प्रसादका रुपमा लगाइने गरेको छ । गहुँ तथा जौको नवअंकुर लगाउनाले सुख, शान्ति, समृद्धि र स्वास्थ्यलाभ हुने पौराणिक मान्यता रहेको पं रामकुमार शास्त्रीले बताए ।

“नौ रात्रिसम्म पूजा गरेर अंकुरित जमराको रस बनाएर खानाले विभिन्न रोग निको हुन्छ, त्यस्तै निधारमा टीका लगाएर जमरा शिरमा राख्दा शिरको पीडा र मानसिक अशान्ति दूर हुन्छ”, उनले भने । 

Skip This
Skip This
Logo