असोज,१० ,काठमाडौं
कांग्रेस केन्द्रीय सदस्य गगन थापाले ३ नम्बर प्रदेशलाई केन्द्रमा राखेर चुनावी अभियान थालेका छन् । "/>

प्रदेश ३ मा काँग्रेसका मुख्यमन्त्रीमा गगन थापाको दावेदार

प्रदेश ३ मा काँग्रेसका मुख्यमन्त्रीमा गगन थापाको दावेदार

केन्द्रबिन्दु
0
Shares

असोज,१० ,काठमाडौं
कांग्रेस केन्द्रीय सदस्य गगन थापाले ३ नम्बर प्रदेशलाई केन्द्रमा राखेर चुनावी अभियान थालेका छन् । उनले नेपालीको महान् चाड बडादसैंको सदुपयोग गर्दै प्रदेश नम्बर ३ का कांग्रेस नेतासँग संवाद सुरु गरिसकेका छन् ।गगनले सोमबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का नेता(कार्यकर्तासँग आफू प्रदेशसभा निर्वाचनमा आउन लागेको जनाउ दिँदै सहयोगका लागि अपिल पनि गर्न भ्याए ।
कमलादीस्थित प्रज्ञा भवनमा आयोजित भेलामा गगनले आसन्न प्रदेशसभाको निर्वाचनमा ३ नम्बर प्रदेशको नेतृत्व गरेर आफू चुनावी मैदानमा उत्रन लागेको खुलाए । दसैं शुभकामना आदानप्रदानको नाममा गगनको यो सक्रियतालाई कांग्रेसी नेता-कार्यकर्ताले ३ नम्बर प्रदेशका लागि निर्वाचन अभियान सुरु गरेको अर्थका रूपमा लिएका छन् । गगनलाई कांग्रेसभित्र ३ नम्बर प्रदेशको सम्भावित मुख्यमन्त्री दावेदारका रूपमा हेरिएको छ ।
अन्नपूर्णपोष्टबाट

Skip This
Skip This
Logo