काठमाडौं,९, असोज
पूर्वविशिष्ट व्यक्तिलाई राज्यको स्रोतसाधन र क्षमताभन्दा बढी सुविधा दिइएको भन्दै जनस्तरमा आलोचना भइरहेका बेला पुनः सांसदको सुविधाका लागि नयाँ व्यवस्था गर्न लागिएको छ । सङ्घीय संसद्का पदाधिकारीको सेवासुविधा विधेयक परिमार्जन गरी पूर्वसांसदको सेवासुविधा तय गर्ने सरकारको तयारी रहेको गृहमन्त्री जनार्दन शर्माले आइतबारको राज्यव्यवस्था समिति बैठकमा जानकारी दिएका छन् ।
गत शुक्रबार मात्र उपसमितिले अवकाश प्राप्त सांसदलाई पनि औषधि उपचारको व्यवस्था सहित विधेयकको प्रतिवेदन तयार पारेको थियो । प्रतिवेदन सोमबार समितिमा पेस भएको हो । सरकारको प्रस्ताव अनुसार अब पूर्वविशिष्ट पदाधिकारीको सेवा सुविधा मात्र विचाराधीन विधेयकमा राखिनेछ । अवकाश प्राप्त सांसदको हकमा भने सङ्घीय संसद्का पदाधिकारीको सेवा सुविधा विधेयक संशोधन गरी थप गरिनेछ ।
गोरखापत्रबाट































प्रतिक्रिया