वीरगन्ज ,८, असोज

केही ठाउँमा आधिकारिक घोषणा बाँकी पनि शनिवार साँझ ७ बजे सम्म पर्सा जिल्लाका १४ मध्ये १३ स्थानीय तहको नतिजा आइसकेको छ। "/>

पर्साको १४ मध्ये १३ स्थानको परिणाम सार्वजनिक

पर्साको १४ मध्ये १३ स्थानको परिणाम सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज ,८, असोज

केही ठाउँमा आधिकारिक घोषणा बाँकी पनि शनिवार साँझ ७ बजे सम्म पर्सा जिल्लाका १४ मध्ये १३ स्थानीय तहको नतिजा आइसकेको छ। सार्वजनिक भएको मत परिणाम अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालले तीन -तीन, नेकपा एमाले र नेपाली जनता दलले दुई-दुई स्थानीय तहमा जितेका छन्।
अब घोषणा हुन बाँकी वीरगन्ज महानगरको शनिवार साँझ साढे ६ बजे सम्म ३८५१३ मत गनि सक्दा मेयरमा फोरम नेपालका विजय सरावगी काँग्रेसका अजय द्धिवेदी भन्दा ७२ मतले अगाडि छन्। सरावगीले ८४१० मत प्राप्त गरेका छन् भने द्धिवेदीले ८३३८ मत पाएका छन्। तेस्रो स्थानमा रहेका राजपाका राजेशमान सिंहको भने ६१४३ मत छ। नेकपा एमालेका बसरुद्धिन अन्सारी ४१३५ मतका साथ चौथो स्थानमा छन् ।

Logo