सप्तरी, असोज, ७
सप्तरीको खडक नगरपालिकाको मतगणना हिजो साँझदेखि अवरुद्ध भएको छ । खडक नगरपालिका–१० को मतगणनाको क्रममा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि केही दलका प्रतिनिधिले मतगणना बहिष्कार गरी बाहिरिएपछि मतगणना साँझ ६ बजेबाट अवरुद्ध भएको हो । नेकपा (एमाले), राजपा, संघीय समाजवादी फोरम नेपाल लगायत दलका उम्मेदवार र प्रतिनिधिले मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्रबारे निर्णय नभएसम्म मतगणनामा सहभागी नहुने अडान लिएका छन् । यता खडक नगरपालिकाका निर्वाचन अधिकृत रीताकुमारी बख्रेलले निर्वाचन अधिकृतको हस्ताक्षर नभएको मतपत्रका विषयमा विवाद भएकाले मतगणना केही समय रोकिएको जानकारी दिँदै विवाद मिलाउने प्रयास भइरहको बताइन् ।
रासस





























प्रतिक्रिया