रामगोपालपुर नपाको प्रमुख र उपप्रमुखमा माओवादी केन्द्र विजयी

रामगोपालपुर नपाको प्रमुख र उपप्रमुखमा माओवादी केन्द्र विजयी

केन्द्रबिन्दु
0
Shares

गौशाला (महोत्तरी), ६ असोज ।

महोत्तरी रामगोपालपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएका छन् ।

अशोक मण्डलले दुई हजार ९४४ मत प्राप्त गरी प्रमुखमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजाराम यादवले दुई हजार ७५९ मत प्राप्त गरेको निर्वाचन अधिकृत दिनानाथ अधिकारीले जानकारी दिए ।

त्यस्तै उपप्रमुखमा माओवादी केन्द्रका सीतादेवी साहले दुई हजार ८९१ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी पुष्पादेवी महतोले दुई हजार ८५६ मत प्राप्त गरेको निर्वाचन अधिकृत अधिकारीले बताए । रासस

Skip This
Skip This
Logo