काठमाडौं , ६, असोज
०७२ बैशाख १२ को भूकम्पबाट क्षतिग्रस्त धरहराको पुनर्निर्माणबाट नेपाल टेलिकमले हात झिकेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई पत्र लेखी टेलिकमले विभिन्न कारण देखाइ धरहरा पुनर्निर्माण गर्न नसक्ने जनाएको हो । "/>

अब टेलिकमले धरहरा नबनाउने

अब टेलिकमले धरहरा नबनाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं , ६, असोज
०७२ बैशाख १२ को भूकम्पबाट क्षतिग्रस्त धरहराको पुनर्निर्माणबाट नेपाल टेलिकमले हात झिकेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई पत्र लेखी टेलिकमले विभिन्न कारण देखाइ धरहरा पुनर्निर्माण गर्न नसक्ने जनाएको हो । टेलिकमले निर्णयबाट पछि हट्नुमा कम्पनीको लाभ लागत, पुरातत्व विभागले तयार गरेको आधारभूत डिजाइनमा खुल्ला क्षेत्र अधिक राख्नुपर्ने, कम्पनीले व्यावसायिक संचालनका लागि प्रस्ताव गरेको विकल्प/डिजाइन सरकारद्धारा स्वीकृत नभएको एवम स्थानीय बासिन्दाहरुको परम्परागत रितिरिवाजलाई देखाएको छ ।
यसअघि प्राधिकरणले बोलाएको बैठकमा टेलिकमले धरहरा पुनर्निर्माणका लागि लागत बढी लाग्ने देखिएको भन्दै आन्तरिक छलफल गरि जवाफ दिने बताएको थियो । टेलिकमको लिखित जानकारी पाइसकेकाले सरोकारवाला निकायसँग छलफल एवं समन्वय गरि धरहरा पुनर्निर्माणवारे थप निर्णय गरिने बताइएको छ ।
अन्नपूर्णपोष्टबाट

Skip This
Skip This
Logo