तेस्रो चरणको स्थानिय चुनावको एकमात्र महानगर वीरगंजमा कसको कति मत ?

तेस्रो चरणको स्थानिय चुनावको एकमात्र महानगर वीरगंजमा कसको कति मत ?

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज, ५ ,असोज
वीरगञ्ज महानगरपालिकाले यतिबेला सबैको ध्यान तानेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन मार्फत ५ वटा महानगरपालिका (काठमाडौँ, विराटनगर, ललितपुर, पोखरा,लेखनाथ र भरतपुर महानगर) ले नेतृत्व पाइसकेको छ । प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनले बाँकी रहेको एक मात्रै महानगर वीरगञ्जको छिनोफानो गरिरहेको छ । ठाकुरराम बहुमुखी क्याम्पसको भवनमा मंगलवार दिउँसो २ बजे बाट मत गणना शुरु भइरहेको छ ।
हिजो साँझ सम्म विभिन्न दलहरुले पाएको मत संख्या यस्तो छ :

राजनीति दल     प्रमुख                                     उपप्रमुख

राजपा:          राजेशमान सिंह २१४३                       रम्भा मिश्र २००८
कांग्रेस :        अजय द्विवेदी १८०५                          शान्ति कार्की १९७४
संघीय फोरम :  विजय सरावगी ९९५                         पिङ्की यादव १०५०
माओवादी :     रहबर अन्सारी ७३९                          दुर्गा क्षेत्री ७७४
एमाले :           बसरुद्धिन अन्सारी ६२५                    सोफिया आचार्य ५९२
लोकतान्त्रिक फोरम : विमल श्रीवास्तव ५३८                   रिङ्कु देवि ५२९

नयाँपत्रिकाबाट

Logo