काठमाडौं,३, असोज
भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार क्रमशः राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई संविधान दिवसको सन्देश पठाएर शुभकामना दिएका छन् । संविधान जारी भए लगत्तै नेपाल माथि अघोषित नाकाबन्दी लगाएको भारतले दुई वर्षपछि संविधान दिवसमा शुभकामना दिएको हो । पहिलो पटक भारतीय नेतृत्वले शुभकामना दिएर नेपाल नीति बदलेको सन्देश दिएको छ ।
भारतले संविधानप्रति असन्तुष्टि जनाउँदै नाकाबन्दी लगाउँदा नेपालमा अन्तर्राष्ट्रिय समुदाय विभाजित भएको थियो । ३ असोज २०७२ मा संविधान जारी हुनु दुई दिन अघि भारतीय प्रधानमन्त्री मोदीले विदेश सचिव एस जयशंकरलाई विशेष दूतका रूपमा नेपाल पठाएर संविधान स्थगित गर्न दबाब दिएका थिए । भारतको दबाब अस्वीकार गरी प्रमुख दल कांग्रेस, एमाले र माओवादीको सहमतिमा संविधान जारी भएको थियो । भारतको शुभकामना सन्देशलाई नेपाल सरकारले अर्थपूर्ण रूपमा लिएको छ ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया