धुलिखेल, २, असोज
देशका विभिन्न जिल्लाहरुमा स्वाईनफ्लुका कारण सर्वसाधारणको मृत्यु भएका खवर सार्वजनिक भएकै बेला काभ्रे जिल्लामा पनि स्वाईनफ्लुका कारण एक महिलाको मृत्यु भएको पुष्टी भएको छ ।
पनौती ७ की ४० बर्षीय चाँदनी नेवाको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । अस्पतालमा उपचारार्थ नेवाको उपचारकै क्रममा मृत्यु भएको धुलिखेल अस्पतालको इन्टरनल मेडिसिनका प्रमुख डा. राम गुरुङले बताए । नेवाको स्वाईन फ्लुकै कारण मृत्यु भएको उनले पुष्टी गरे । रुघाखोकी र ज्वरो आएपछि गत भदौ २४ गते नेवा अस्पताल भर्ना भएकी थिईन् । डा. गुरुङका अनुसार नेवाको स्वास्थ्य स्थिती नाजुक भएका कारण सिधै सघन उपचार कक्ष (आइसियु) मा भर्ना गरिएको थियो । शंका लागेर प्रयोगशाला परिक्षण गर्दा स्वाइनफ्लु भएको पुष्टी भएको गुरुङले बताए । स्वाइनफ्लुका कारण मृत्यु भएको काभ्रेमा यो दोस्रो घटना हो । जिल्ला स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डां अर्जुन सापकोटाका अनुसार पहिलोपटक जिल्लामा पाँचखाल १२ की ठूली दनुवारको मृत्यु भएको थियो ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया