पर्वबहादुरले पाए आइएमई छक्का–पञ्जा अफरको ६ लाख बराबरको जीवन बीमा

पर्वबहादुरले पाए आइएमई छक्का–पञ्जा अफरको ६ लाख बराबरको जीवन बीमा

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २९ भदौ ।

यसपटकको दशैँ, तिहार र छठपर्वलाई लक्षित गरी आइएमईले ल्याएको ‘आइएमई छक्का–पञ्जा’ अफर अन्तर्गत पहिलो १५ दिनको जीवन बीमा आइएमई सेवाग्राही पर्वबहादुर राईले पाएका छन् ।

सफ्टवेयर पद्धतिमा आधारित छनोट कार्यक्रममा मलेसियास्थित रिया आइएमईबाट नेपालमा पैसा पठाउने राई भाग्यशाली विजेता छनोट भएका हुन् । भाग्यशाली विजेता राई वा निजले सिफारिस गरेको व्यक्तिले आइएमई लाइफ इन्स्युरेन्सको छ लाख बराबरको जीवन बीमा प्राप्त गर्ने आइएमईद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

भदौ १२ गतेदेखि संचालनमा ल्याइएको सेवाग्राहीमुखी प्रवद्र्धनात्मक कार्यक्रममा देश विदेशका लाखौं सेवाग्राही सहभागी भई दैनिक ‘लक्की ड्र’ मा ९०० सयजना ‘आइएमई पे क्यास’मार्फत् पुरस्कृत समेत भइसकेको विज्ञप्तिमा उल्लेख छ ।

आगामी मङ्सिर ३ गतेसम्म अर्थात् १२ हप्ता संचालन हुने यस सेवाग्राहीमुखी कार्यकममा पैसा पठाउने सेवाग्राहीमध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा सफ्टवेयर पद्वतिमा आधारित रही विजेतालाई छान्ने गरिएको छ ।

आफ्नो स्थापनादेखि नैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १७औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी १५५ आइएमई सेन्टरसहित ७५ जिल्लाका ६,४०० सयभन्दा बढी सब–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरूले दःुख गरी कमाएको रकम देशका विभिन्न क्षेत्रमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको जनसम्पर्क प्रबन्ध अधिकृत राजु पौडेल बताउँछन् ।

 

Skip This
Skip This
Logo