२९, भदौ, काठमाडौं
प्रदेश नं २ मा २ असोजमा हुने स्थानीय निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवका अनुसार ३० र ३१ भदौमा मतदातालाई परिचयपत्र वितरण गरिनेछ । मतदाता परिचयपत्र लिन आउने मतदातालाई आयोगले मतदाता शिक्षा पनि प्रदान गर्नेछ । साथै १ असोजमा नमुना मतदान पनि गराउने तयारी आयोगले गरेको छ र त्यसक्रममा मतदातालाई सक्कली मतपत्र पनि देखाइनेछ । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मतपत्र, मतपेटिका लगायतका सम्पूर्ण निर्वाचनका सामग्री सहित २९ भदौ बेलुकासम्म सबै कर्मचारी मतदानस्थलमा पुगि सक्नेछन् । आयोगले सो प्रदेशका दुई हजार एक सय ६६ मतदानस्थल र तीन हजार पाँच सय ७८ मतदान केन्द्रमा ३१ हजार ५ सय कर्मचारी परिचालन गरेको छ ।
नयाँपत्रिकाबाट































प्रतिक्रिया