२९, भदौ, काठमाडौं
न्यायपरिषद्को बुधबारको बैठकले सर्वोच्च अदालतका लागि तीन न्यायाधीशको नियुक्ति सिफारिस गरेको छ । प्रधानन्यायाधीश एवम् न्यायपरिषद्का अध्यक्ष गोपाल पराजुली सहितको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो । बैठकले उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश बमकुमार श्रेष्ठ, सुर्खेत उच्च अदालतका डम्बरबहादुर शाही र उच्च अदालत पाटनका मुख्य न्यायाधीश टंकबहादुर मोक्तानलाई सर्वोच्चको स्थायी न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो ।
अन्नपूर्णपोष्टबाट































प्रतिक्रिया