२८, भदौ, काठमाडौं
दशैँको लागि बसको अग्रिम टिकट बुकिङ मंगलबारदेखि खुला भएको छ। यातायात व्यवस्था विभाग र यातायात व्यवसायीको लामो रस्साकस्सीपछि मंगलबारदेखि अग्रिम बुकिङ खु्ल्ला गरिएको हो। दशैँको अग्रिम टिकट बुकिङ गर्न यात्रुहरु विहानै बसपार्कमा पुगेका थिए। यातायात व्यवसायीले काठमाडौं उपत्यकामा १२ स्थानबाट अग्रिम टिकट खुला परेपनि यात्रुको चाप नयाँ बसपार्क गोंगबुकै काउन्टरमा धेरै देखियो।
नयाँ बसपार्कमा टिकट बुकिङ गर्न जानेहरुले घन्टौं लाइनमा बस्नु परेको बताए। पहिलो दिन बिहानै पुग्दा पनि टिकट नै नपाएको अधिकांश यात्रुले गुनासो गरेका छन्। मंगलबार दिउँसो नयाँबसपार्कमा भेटिएका अमृत शाही भने, ‘विहानै आएर लाइन बस्दा समेत सहजै टिकट पाउन गाह्रो भयो,’ उनले भने ,‘दुई घण्टा लाइनमा बसेर मात्रै बल्ल टिकट हातमा पर्यो।’
नागरिकबाट





























प्रतिक्रिया