काठमाडौं, भदौ ,२६
स्याउ खेतीमा ख्याती कमाएको हिमालपारीको जिल्ला मनाङमा यो वर्ष स्याउ उत्पानमा दश प्रतिशत वृद्धि हुने भएको छ । "/>

मनाङमा यस वर्ष स्याउ उत्पादन वृद्धि हुने

मनाङमा यस वर्ष स्याउ उत्पादन वृद्धि हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, भदौ ,२६
स्याउ खेतीमा ख्याती कमाएको हिमालपारीको जिल्ला मनाङमा यो वर्ष स्याउ उत्पानमा दश प्रतिशत वृद्धि हुने भएको छ । गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादन दश प्रतिशतले वृद्धि हुने जिल्ला कृषि विकास कार्यालयले मनाङले जनाएको छ । मनाङलाई स्याउमा आत्मनिर्भर बनाउने तयारी अनुरुप मनाङस्थित एग्रो मनाङ प्रालिले ७ सय ३५ रोपनी क्षेत्रफलमा ५० हजार स्याउका विरुवाहरू रोपेर गत वर्षदेखि उत्पादन समेत शुरु गरेको थियो । यस वर्ष ४ लाख ५० हजार किलो स्याउ उत्पादन गर्ने लक्ष्य रहेको छ । मनाङमा उत्पादित स्याउ लमजुङको बेसीशहर हुँदै पोखरा, चितवन र काठमाडौं सम्म खपत हुने गरेको छ ।
नयाँपत्रिकाबाट

 

Logo