काठमाडौं, भदौ ,२६
चीन भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र ग्वाङन्दोङ प्रान्तका गभर्नर मा सिङरुयी बीच भेटवार्ता भएको छ । उनी बसेको होटल ह्वाइट स्वानमा आएर गभर्नर सिङरुयीले परराष्ट्र मन्त्री महरालाई ग्वाङन्दोङ प्रान्तको आर्थिक एवं ऐतिहासिक विषयमा जानकारी गराएका थिए । सो अवसरमा उपप्रधानमन्त्री महराले चीनसँगको व्यापारमध्ये ग्वाङन्दोङ प्रान्तले ६० प्रतिशत ओगटेको भन्दै सहकार्य गर्दै अगाडि बढिने बताए । नेपालमा लगानीका लागि उपयुक्त वातावरण बनेको उल्लेख गर्दै उनले चीनका लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह गरेका उपप्रधानमन्त्री महराका जनसम्पर्क तथा प्रेस संयोजक हरि लामिछानेले जानकारी दिए । गभर्नरले सिङरुयीले नेपाली महावाणिज्य दूतावास ग्वाङन्दोङ प्रान्त जस्तो अत्यन्त आर्थिक तथा व्यापारिक महत्वको स्थानमा खुलेको भन्दै खुशी व्यक्त गरेका थिए ।
रासस































प्रतिक्रिया