काठमाडौं, २५ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचौ पटक मन्त्रिमण्डलको बिस्तार गरेका छन् । आज भएको मन्त्रिमण्डल विस्तारमा देउवाले राप्रपा प्रजातान्त्रिकलाई समेटेर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
आज भएको मन्त्रिमण्डल विस्तारमा राप्रपा प्रजातान्त्रिकका संसदीय दलका नेता दिपक बोहोराको नेतृत्वमा तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गरिएको छ । नियुक्त हुनेमा दिपक बोहोरा विज्ञान, विक्रम पाण्डे वन र सुनिलबहादुर थापा उद्योगमन्त्री भएका छन् भने रेशम लामालाई उद्योग राज्यमन्त्रीको रुपमा मनोनयन गरिएको छ ।
आज भएको मन्त्रीमण्डलको विस्तारले मन्त्रीमण्डलको आकार ५४ सदस्यीय बनाएको छ । सोमवार हुने शपथ ग्रहण पछि यो मन्त्रीमण्डल अहिलेसम्मकै सर्वाधिक ठुलो हुने छ । गत जेठमा प्रधानमन्त्रीको रुपमा निर्वाचित भएका देउवाले जेठ २४ मा मन्त्रीमण्डल गठन गरेका थिए भने जेठ २८, असार २, साउन ११ र भदौ ४ गते मन्त्रीमण्डलको बिस्तार गरेका थिए । अहिले मन्त्रीमण्डलमा कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक फोरम र राप्रपा प्रजातान्त्रिक दल गठबन्धनको रुपमा रहेको छ ।





























प्रतिक्रिया