काठमाडौं, भदौ, २५
सत्तासीन नेपाली कांग्रेसका सांसदले नेपाल आयल निगममा जग्गा खरिद गर्दा भएको भ्रष्टाचारलाई बेवास्ता गरेको भन्दै आपूर्ति मन्त्री शिवकुमार मण्डलको आलोचना गरेका छन् । "/>

आयल निगम जग्गा घोटाला विषयमा सरकारको मौनता

आयल निगम जग्गा घोटाला विषयमा सरकारको मौनता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, भदौ, २५
सत्तासीन नेपाली कांग्रेसका सांसदले नेपाल आयल निगममा जग्गा खरिद गर्दा भएको भ्रष्टाचारलाई बेवास्ता गरेको भन्दै आपूर्ति मन्त्री शिवकुमार मण्डलको आलोचना गरेका छन् । निगम आपूर्ति मन्त्रालय अन्तर्गत पर्छ ।

शुक्रबार संसद्को विशेष समयमा बोल्दै सांसद रामहरि खतिवडाले मन्त्री मण्डल भ्रष्टाचारको आरोप लागेका निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले दिएको गाडी चढेर बजार अनुगमनमा निस्केको आरोप समेत लगाए । ‘मन्त्रीहरू ‘पब्लिक स्टन्ट’ का लागि अव्यवस्थित तार काट्न र बजार अनुगमन गर्न गएको देखिएको छ,’ खतिवडाले भने, ‘मन्त्रालयभित्रको भ्रष्टाचारबारे मन्त्री नबोल्नु आपत्तिजनक छ ।’ निगमको जग्गा खरिद घोटाला प्रकरणमा मन्त्रीको मौनतालाई लिएर उनले थप आलोचना गरे । निगम तेल भण्डारण स्थल बनाउन जग्गा खरिद गर्दा डेढ अर्ब जति घोटाला भएको तथ्य सहितका समाचार सार्वजनिक हुँदा पनि आपूर्तिमन्त्री मौन छन् । सार्वजनिक लेखा समितिले यस प्रकरणमा कारबाही गर्न लेखी पठाउँदा समेत आपूर्ति मन्त्रालय मौन भएपछि सरकारको आलोचना हुन थालेको हो ।
नागरिकबाट

Logo