काठमाडौं , भदौ, २५
भारतीय तथा चिनियाँ तस्करले ०६० सालदेखि रक्तचन्दनको अवैध कारोबारका निम्ति नेपाली भूमि प्रयोग गरे । तातोपानी र रसुवा नाकाका भन्सार कर्मचारी, जिल्लादेखि केन्द्र सम्मका सुरक्षा निकायका उच्च अधिकृत र विभिन्न तहका नेताको संरक्षणमा चलेको यो धन्दा जारी छ । चीनमा विलासी फर्निचर बनाउन प्रयोग हुने रक्तचन्दको अवैध कारोवारमा नेपाली पक्षले पारवहन सहजकर्ताको भूमिका खेल्यो र त्यसबाट लाभान्वित आपराधिक समूह क्रमशः आर्थिक तथा संगठित अपराधसँग समेत जोडिँदै गए ।
पछिल्लो समय चीनबाट भारी मात्रामा भित्रेका ठानिएका सुन नेपालका सुन पसलमा पनि प्रशस्तै बिक्री हुन्छ । जबकि त्यस्तो सुनका लागि लक्षित गन्तव्य भारतको विशालबजार हो । गतवर्ष पुसमा प्रहरीले ८ किलो सुन सहित भूगोलपार्क स्थित भाग्यलक्ष्मी ज्वेलर्सका सञ्चालकद्वय विक्रम मित्तल र विवेक मित्तललाई पक्राउ गर्यो । उनीहरूलाई भारतीय नागरिक भागिरथ चौधरीले सुन सप्लाई गर्दै आएका थिए ।
नेपालमा चिनियाँको गतिविधि ०५० सालदेखि सुरु भएको देखिन्छ । सुरुमा कन्स्ट्रक्सनको निहुँमा छिरेका उनीहरूले ठमेल, बानेश्वर लगायत ठाउँमा आफैं बस्न गेस्ट हाउस बनाए । पछि रेस्टुराँ र ठूला होटल खोलेर व्यापार सुरु गरे । कति अहिलेसम्म पनि व्यापारमै छन् भने कति गइसके । ०५८ पछि पर्यटक एवं व्यवसायीका रूपमा चिनियाँ भित्रिन थालेका हुन् । केही चिनियाँ नागरिक व्यवसायकै आडमा अहिले रक्तचन्दन, सुन, डलर तस्करीमा समेत संलग्न रहेको पाइन्छ ।
अन्नपूर्णपोष्टबाट





























प्रतिक्रिया