रौतहट, भदौ, २४
जिल्लाका ६ वटा नगरपालिका प्रमुखमा महिला उम्मेदवारहरू प्रतिस्पर्धामा उत्रिएका छन् । २ असोजमा हुने स्थानीय तह निर्वाचनमा रौतहटका १६ नगरपालिका र २ गाउँपालिकामध्ये दलहरूले ६ स्थानीय तहमा महिलालाई प्रमुखका रूपमा अघि सारेका हुन् ।
नेकपा माओवादी केन्द्रले तीनवटा नगरपालिकाका प्रमुखमा महिलालाई अघि सारेको छ । नेकपा एमालेले गुजरा नगरपालिका प्रमुखमा रामेश्वरीदेवी चौधरीको मनोनयन गरेको एमाले रौतहट इन्चार्ज तथा केन्द्रीय सदस्य कल्याणी खड्काले जानकारी दिइन् । नेपाली कांग्रेसले इशनाथ नगरपालिका प्रमुखमा कौशल्या देवीलाई उम्मेदवार बनाएको जिल्ला सभापति कृष्णा यादवले बताए । यस्तै नेपाल लोकतान्त्रिक फोरमले पनि गौर नगरपालिकाको नगर प्रमुखमा महिलालाई अघि सारेको छ । फोरमले अर्चनाकुमारी यादवलाई गौर नगरपालिकाको नगर प्रमुखको उम्मेदवार बनाएको सो पार्टीले जनाएको छ ।
राजधानीबाट





























प्रतिक्रिया