काठमाडौं, भदौ, २४
निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई मङ्सिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्ष एवं समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम तयारी कार्य अन्तिम चरणमा पुगेको जानकारी गराएको छ ।
प्रधानमन्त्री देउवासँग निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव सहितको आयोगको टोलीबीच शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा यस्तो जानकारी दिइएको हो । भेटपछि पत्रकारसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनको तयारी, मतपत्रको छपाइ र निर्वाचन आचार संहिता लगायतका विषयमा प्रधानमन्त्रीसँग कुराकानी भएको बताए ।
गोरखापत्रबाट





























प्रतिक्रिया