पर्वत, भदौ ,२४
बोर्डिङ स्कुलमा विज्ञान र अङ्ग्रेजी पढाउँदै आएका पर्वतका एक शिक्षकको दैनिकी अहिले फेरिएको छ । दैनिक रूपमा विद्यालय गएर हातमा मार्कर र किताब होइन यति बेला उनको हातमा हसिँया र बेल्चा देखिन्छ ।
विज्ञान विषयमा स्नातक गरेका पर्वतको मोदी गाउँपालिका–२, देउपुरका शिक्षक बेदप्रसाद तिमिल्सिना अहिले विद्यालयमा विज्ञान पढाउन छाडेर गाईगोठमा गोबर सोहोर्ने र गाई दुहुने काममा व्यस्त देखिन्छन् । विज्ञान विषयमा स्नातक सकेर निजी विद्यालयमा माध्यमिक तहका विद्यार्थीलाई विज्ञान र गणित पढाउने उनको अहिले गाईपालन फार्म सुरु गरेसँगै दैनिकी फेरिएको हो । गाईपालनबाट मासिक एक लाख रुपियाँ नाफा गर्न थाले पछि पहिलाको शिक्षण पेशाभन्दा गाईपालन नै उत्तम भएको उनी बताउछन् । म यही पेशालाई ठीक ठानेर यता लागेको हुँ’, उनले भने, पढेकाले गाईभैँसी पाल्न हुँदैन भन्ने धारणालाई अन्त्य गर्न यो व्यवसाय रोजेको हुँ । विद्यालयमा पढाउँदै गर्दा घरमा भएका गाईबाट राम्रो आम्दानी हुने देखेपछि तिमिल्सिनाले शिक्षण पेशाभन्दा आफ्नै व्यवसायबाट राम्रो आम्दानी हुने सम्भावना देखेर गाईको सङ्ख्या थप्न थालेको बताए । उनको उत्साह देखेपछि जिल्ला पशु सेवा कार्यालयले प्राविधिक सहयोग गरेको छ । तिमिल्सिनाको एकल लगानीमा २०७० देखि सुरु गरेको ‘प्रगति गाईपालन फार्म’ मा अहिले २४ वटा उन्नत गाई छन् । करिव ३० लाखको लगानी छ ।
गोरखापत्रबाट































प्रतिक्रिया